यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते जना घाइते भएको छ । बबई–१ भागोदुलास्थित गंगटे भन्ने स्थानबाट तुलसीपुर बजारतर्फ आउँदै गरेको लु १ ज १४२७ नम्बरको जिप उकालोमा चढ्न नसकेर ब्याक भई दुर्घटनामा परेको हो । जिप अन्दाजी ३५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।
घाइतेमध्ये बबई गाउँपालिका– १ का ४५ वर्षीय जितबहादुर बुढाको उपचारका क्रममा पौने १२ बजेतिर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार दुर्घटनाका घाइतेमध्ये चालक बबई–१ का ४७ वर्षीय लोकबहादुर राना र स्थानीय ५० वर्षीय जोकबहादुर बुढाको अवस्था गम्भीर छ।
उनीहरूसहित घाइते स्थानीय ३२ वर्षीया संगीता बुढा, सल्यानको शारदा नगरपालिका–९ की ५० वर्षीया नन्दकली थापालाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगंजस्थित नर्सिङ कलेजमा रिफर गरिएको छ।