यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । धादिङको गजुरी गाउँपालिकाले डढेलो नियन्त्रणमा जुट्न गाउँपालिका बासीलाई आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले एक सूचना प्रकाशित गरी डढेलो नियन्त्रणमा जुटन आग्रह गर्नु भएको हो ।
सचेत रहौ आगलागी हुन नदिऔ भन्ने नाराका साथ वनजंगलमा लागेको डढेलोको कारण वन्यजन्तु र तिनीहरुको बासस्थानमा प्रत्यक्ष असर पुगेको भन्दै त्यसको नियन्त्रणमा जुटन सबैमा आग्रह विज्ञप्तीमा गरिएको छ ।
चुरोट, लाइटर जस्ता प्रज्वलनशिल पदार्थको जथाभावी प्रयोगका कारण जंगलमा डढेलो लागेको चर्चा गर्दै उनले त्यसको धुवाबाट मानवीय स्वास्थ्यमा समेत गम्भिर असर परेकाले त्यसतर्फ सचेत हुन आम पालिकाबासीमा आग्रह गरिएको सूचनामा जनाइएको छ ।
डढेलो लागेको सूचना प्राप्त हुनासाथ सुरक्षा निकायमा तत्काल जानकारी गराइ डढेलो नियन्त्रणमा सहयोग पु¥याउन सबैमा अनुरोध गर्दछु प्रकाशित सूचनामा भनिएको हो । यदि कसैले डढेलो जथाभावी लगाएको सूचना प्राप्त भएमा त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारवाही गरिने विज्ञप्तीमा जनाईएको छ ।