|  

दुर्गा प्रसाईका दुवै ‘बडिगार्ड’ लाई छोड्न सर्वोच्चको आदेश

१४ चैत्र २०८०, बुधबार ०६:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र १४, काठमाडौँ । मेडिकल व्यावसायी दुर्गा प्रसाई बडिगार्ड थुनामुक्त भएका छन् । बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रसाईका दुवै बडिगार्डलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय नकहुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले प्रसाईका बडिगार्डद्वय रामकुमार धिमाल र दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको हो । दुई बडिगार्ड पक्राउ प्रकरणमा उनीहरूका परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए । त्यसपछि सर्वोच्चले गत बुधबार सरकारसँग ३ दिनभित्र लिखित जवाफ दिन भनेको थियो ।

अघिल्लो सोमबार सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका दुई बडिगार्डलाई मुद्दा चलाउन जिल्ला अदालत, काठमाडौंले अघिल्लो मंगलबार ५ दिन हिरासतमा राख्ने अनुमति दिएको थियो ।

१४ चैत्र २०८०, बुधबार ०६:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस