|  

अफगानिस्तानका ३० लाख बालिबालिका कुपोषणको सिकार हुन सक्ने डब्ल्युएफपीको चेतावनी

१८ चैत्र २०८०, आईतवार १४:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । विश्व खाद्य कार्यक्रम डब्ल्युएफपी ले यस वर्ष अफगानिस्तानमा ३० लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने चेतावनी दिएको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ । गत वर्ष वैदेशिक सहायता घटेकाले कुपोषित बालबालिकाको उपचार गराउने क्रम बढेको उक्त एजेन्सीले बताएको छ ।

अफगानिस्तानमा डब्ल्युएफपीका पोषण प्रमुख मोना शेखलाई उद्धृत गर्दै खामा प्रेसले भनेको छ, “हामी करिब १६ लाख कुपोषित बालबालिकालाई सहयोग गर्न सक्षम हुनेछौँ ।” संयुक्त राष्ट्र बाल कोष युनिसेफ ले यसअघि सन् २०२३ मा उसले अफगानिस्तानमा सात लाख १५ हजार कुपोषित बालबालिकालाई सहयोग गरेको घोषणा गरेको थियो ।

१८ चैत्र २०८०, आईतवार १४:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस