यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ १० पैसा र बिक्रीदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ २३ पैसा रहेको छ ।
त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा र बिक्रीदर ८ रूपैयाँ ८४ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४४ पैसा र बिक्रीदर १८ रूपैयाँ ५२ पैसा रहेको छ । कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको छ ।
त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ७८ पैसा रहेको छ भने बिक्रीदर ४३४ रूपैयाँ ७३ पैसा रहेको छ ।