यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
चैत्र २०, मकवानपुर । वाग्मती प्रदेशमा मंगलबार बिहान पुनः सरकार विस्तार गरिएको छ । एकीकृत समाजवादीकी सांसद रमा आलेमगर मन्त्री नियुक्त भएकी छन् । उनले प्रदेश प्रमुख यादव शर्माबाट विनाविभागीय मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
आलेलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार साँझ विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।