|  

संसद्‍मा उठेका कुरामा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने

२० चैत्र २०८०, मंगलवार १४:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा आफूमाथि उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले प्रश्न उठ्दैमा आत्तिइहाल्नुपर्ने अवस्था नरहेको पनि बताएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार लामिछानेले संसद्‍मा आफ्ना सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने बताएका हुन् । ुसदनमा उठेका कुरामा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ,’ उनले भने ।

प्रमुख प्रतिपक्ष कांग्रेसले लामिछाने सहकारी रकम दुरुपयोगमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । गृहमन्त्री लामिछानेले रोस्ट्रममा बोल्न गए संसद् अवरोध गर्ने रणनीति कांग्रेसले लिएको छ । लामिछानेले भने आफूमाथि उठेका प्रश्नको जवाफ संसद्‍मा दिन पाउनुपर्ने बताएका हुन् ।

त्यस्तै, सञ्चारमाध्यममा प्रश्न आउँदैमा आत्तिनुपर्ने अवस्था नरहेको पनि लामिछानेको भनाइ छ । पार्टी उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीको नाम पनि सहकारीको बचत हिनामिनामा मुछिएको सम्बन्धमा सोधिएको प्रश्नमा लामिछानेले आत्तिन आवश्यक नरहेको बताएका हुन् ।

२० चैत्र २०८०, मंगलवार १४:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस