|  

जय बागेश्वरी बहुमुखी क्याम्पस मलेखुको सन्चालक समिती अध्यक्षमा सांसद भुमि त्रिपाठी

२६ आश्विन २०७६, आईतवार १५:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जय बागेश्वरी बहुमुखी क्याम्पस मलेखुको संचालक समिती अध्यक्षमा सांसद भुमि त्रिपाठी चयन हुनुभएको छ ।
शनिवार जय बागेश्वरी बहुमुखी क्याम्पस मलेखुमा आयोजित् क्याम्पस संचालक समिती बैठकले धादिङ जिल्ला निर्वाचन क्षेत्र नं. १ का सांसद भूमि त्रीपाठीलाइ चयन गरेको हो ।
स्थापनाकालदेखि एक दशक भन्दा लामो समय विद्यालय तथा जय बागेश्वरी बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्ष पदमा रहेका मिनराज कडेलले क्याम्पसमा आयोजित् बैठकमा संचालक समिती अध्यक्षमा सांसद भुमि त्रिपाठीलाई अध्यक्ष पद हस्तान्तरण गर्नुभएको क्याम्पस प्रमुख रामजी प्रसाद सिलवालले बताउनुभयो ।
त्यस्तैगरी जय बागेश्वरी बहुमुखी क्याम्पस सन्चालक समितिको निवर्तमान अध्यक्ष मिनराज कडेल, सदस्यहरुमा गिरिराज कडेल, संगिता कँडेल, श्रवण त्रिपाठी, भुवन त्रिपाठी, गुणराज उप्रेती, देबप्रसाद त्रिपाठी, गोबिन्दराज कडेल, बबिता कडेल रहनुभएको छ ।
त्यस्तैगरी समितीको सदस्य सचिव भने क्याम्पस प्रमुख रामजी प्रसाद सिलवाल रहनुभएको छ । यद्धपी समितीमा त्रिभुवन विश्व विद्यालय प्रतिनिधि तथा स्व.वि.यू.प्रतिनिधि भने खाली राखिएको समेत क्याम्पस प्रमुख रामजी प्रसाद सिलवाले बताउनुभयो ।
नयाँ संचालक समिती चयन भए सँगै सांसद भूमि त्रीपाठीले क्याम्पसको भौतिक तथा शैक्षिक अवस्था वृहत रुपमा सुधार गर्दै लैजाने समेत बताउनुभयो ।
साथै उहाँले क्याम्पसमा समय सापेक्ष शिक्षा प्रदान गरी जिल्लाकै नमुना क्याम्पसको रुपमा विकाश गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयको छ ।

२६ आश्विन २०७६, आईतवार १५:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस