यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । दिप ज्योति महिला समुह गजुरीको पहिलो साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले आर्थिक बर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै महिला समुहको बिबिध पक्षमा रहेर छलफल गरिएको छ ।
प्रमुख अतिथीका रुपमा गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुराल, बिषेश अतिथी वडा नम्बर १ का अध्यक्ष तारा भण्डारी रहनुभएको थियो । महिलाद्धारा नै सञ्चालन भएको समुहले महिलाहरुको लागी अगाडी बढ्न सहयोग पुराउने उपाध्यक्ष बिसुरालले बताउनुभयो । उहाँले महिलाहरु अगाडी बढ्दै यस्ता प्रगतिशिल कार्यक्रम गर्ने, घरमा मात्र सिमित नभएर बाहिर पनि दिदि बहिनीहरुको सक्रिय भुमिका देखेर आनन्दिर आउने बताउनुभयो ।
वडा अध्यक्ष तारा भण्डारीले महिलाहरुले सञ्चालन गरेर समुहले धेरै सहयोग पुगेको बताउनुभयो । पहिलेजस्तो महिलाहरु घरमा मात्र सिमित हुने परिपाटीको अन्त्य गर्दै अहिले महिलाहरुले यस्ता समुह मार्फत जनचेतनाका कार्यक्रमहरु सिकेर गाउ तथा टोल नै शिक्षित पार्दै लगेको बताउनुभयो । उहाँले महिला समुहले अझै राम्रो काम गर्दै जान पनि शुभकामना दिनुभयो ।