|  

बेनिघाट रोराङ गाउँपालिका वडा नं.७ को आयोजनामा मकैको खोस्टाबाट चकटी बनाउने अभियान संचालन

२५ चैत्र २०८०, आईतवार १३:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बेनिघाट रोराङ गाउँपालिका वडा नं.७ चरौंदीमा रहेको पोषण सुधार केन्द्रमा मकैको खोस्टाबाट चकटी बनाउने अभियान संचालन गरिएको छ।

धुषा सामुदायिक सिकाई केन्द्र र बेनिघाट राेराङ गाउपालिकाकाे संयुक्त आयाेजनामा महिलाहरुले क्षमता बिकासका निम्ति घरमै बसेर सिपमुलक तालिमहरु सिक्न पाउँदा खुशी र हर्षित भएका छ्न।घरमा सानोतिनो जिविकोपार्जन गर्न समेत मकैको खोस्टाबाट बुनेको चगटि देश बिदेश सम्म पुग्ने गरेको र प्राय सजावटको लागि खोजी हुने र मदत समेत पुग्ने गरेको बेनिघाट रोराङ गाउँपालिमा वडा नं.७ का अध्यक्ष कुमार बस्नेतले बताउनुभयो।

स्थानीय बच्चाहरुको आमाहरुलाई सिपमुलक कार्यक्रम सन्चालनमा लेराइएको र सिप मुलक तालिम प्रति पालिकाको यो प्रयासलाई स्थानीयले प्रशंसासमेत गरेको पोषण सुधार केन्द्रको अध्यक्ष बस्नेतले बताएका हुन।

रोराङ गाउँपालिकाले विभिन्न कार्यक्रमहरु लेराउने गरेको र जनताको सरकार महसुस भएको स्थानीयले समेत बताएका छन।”

२५ चैत्र २०८०, आईतवार १३:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस