यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी गाउँपालिकाले ११ वटा मरणघाट निर्माण गरेको छ । गाउँपालिकाको विभिन्न क्षेत्रमा हिउँद र बर्षायाम दुबै समयमा मृत शव जलाउनको लागि सहज हुने ढंगले निर्माण गरेको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनु भयो । निर्माण सम्पन्न भएको मरणघाटको गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले अनुगमन गर्नु भएको छ । अनुगमनमा वडाध्यक्षहरु भक्त ब. तामाङ र देवराज ओझा सहभागी भएका थिए । गजुरी गाउँपालिकाले जन्म देखि मृत्यु कर्म सम्म जनतालाई असहज हुन नँदिन गंभिर ढंगले लागि परेको छ ।
तस्वीरमा अनुगमन गर्दागर्दै