यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । धादिङका पत्रकार अर्जुन श्रेष्ठ तथा राजाराम डंगोल सम्मानित भएका छ्न् । प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले प्रदान गरेको प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ बाट दुई जना पत्रकार पुरस्कृत भएका हुन् ।
नागरिकको सूचनाको हक एवं अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि उल्लेखनीय योगदान पु¥याउदै आएको भन्दै क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
श्रेष्ठ हाल नयाँ पत्रिका राष्ट्रिय दैनिकका जिल्ला संवाददाता, रेडियो धादिङका कार्यक्रम संयोजक र नेपालपथ डटकमका सम्पादनक हुन् भने राजाराम डंगोल कृषि रेडियोका कार्यक्रम संयोजक, टोलटोलको खबर डटकमका सञ्चालक हुन् ।
श्रेष्ठ र डंगोललाई नगदसहित सम्मान–पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो ।