यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । प्रेस चौतारी नेपाल जिल्ला समिती धादिङको अध्यक्षमा श्री हजुर सिलवाल राजन चयन भएका छन् ।
धादिङबेशीमा सम्पन्न प्रेस चौतारी नेपाल जिल्ला समिती धादिङको २५औं साधारणसभा तथा बिस्तारित भेलाले सिलवाललाई अध्यक्षमा चयन गरेको हो ।
उपाध्यक्षमा रेख बहादुर गुरुङ, पबित्रा थापा मगर, सचिवमा अनिल नेपाली, सह–सचिवमा बिनोद तमु, कोषाध्यक्षमा उपेन्द्र अधिकारी चयन भएका छन् ।
सदस्यहरुमा सुदिप अधिकारी, बिरमान तामाङ र चिनु सारु मगर छन् । साधारणसभाको अवसरमा प्रेस चौतारी धादिङले दुई पत्रकारलाई पुरस्कृत समेत गरेको छ ।
पत्रकार अर्जुन श्रेष्ठ प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ र राजाराम डंगोल प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत भएका हुन् ।