यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको स्थानीय उद्धार सेवाले पुष्टि गरेको छ ।
हब जिल्लाको गुलाम हुसेन चत्ता क्षेत्रमा धार्मिक तीर्थयात्रीहरू बोकेको ट्रक बुधबार राति दुर्घटनामा परेको उद्धार सेवाका स्थानीय प्रतिनिधि अब्दुल हकिमले जानकारी दिए।
उच्च गतिका कारण चालकले गाडीको नियन्त्रण गुमाउँदा उक्त घटना भएको पनि हकिमले घाइतेको भनाई उद्धृत गर्दै बताए ।