यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । वर्षाले काठमाडौं उपत्यकाको वायुमण्डलमा रहेको धुवाँ धुलोको मात्रा केही घटाएको छ । काठमाडौंमा बिहीबार हल्का वर्षा भएको थियो । केही दिनदेखि वायु प्रदूषणको चपेटामा रहेको काठमाडौंमा वर्षा र हावाहुरीले केही राहत मिलेको हो ।
वर्षाले काठमाडौंको वायु प्रदूषण घटेको आइक्यु एयर इन्डेक्सले जनाएको छ । रियल टाइममा मापन गर्ने वायु शुद्धता सूचकांकअनुसार अहिले नेपालमा विश्वका प्रदूषित शहरमध्ये काठमाडौं चौथो स्थानमा छ ।
तुवाँलोले छोपेको आकाशमा डढेलोको धुँवा मिसिँदा जनजीवन निकै प्रभावित भएको थियो, तर हावाहुरीले धुलो–धुवाँ बढारेको छ भने पानीले पखालिदिएको छ ।