|  

नारायणगढ–मुग्लिन सडक खण्ड : ११ पुल सञ्चालनमा

३० चैत्र २०८०, शुक्रबार १३:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नारायणगढ–मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा आएका छन् । मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन् ।

निर्माण भइरहेका चार पुलमा तीनवटाको पहुँच सडक निर्माणको काम जारी छ । नाम्चे, कालिखोला र खहरेखोलामा निर्माण भएका पुलको पहुँच सडक निर्माणको काम भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका इन्जिनियर कृष्ण आचार्यले बताए ।

इन्जिनियर आचार्यका अनुसार पहुँच सडक निर्माण भइरहेका पुलमध्ये नाम्चे र कालिखोलाको पुल असार मसान्तभित्र सञ्चालनमा ल्याउने गरी काम गरिएको छ । खहरेखोलामा निर्माण गरिएको पुलका लागि पहुँच सडक निर्माण गर्न अग्लो पर्खाल उठाउनुपर्ने भएकाले केही समय लाग्ने उनले बताए ।

३० चैत्र २०८०, शुक्रबार १३:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस