|  

निरन्तर कांग्रेसले सदन अवरुद्ध गरेपछि अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार

३० चैत्र २०८०, शुक्रबार १४:०० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । नेपाली कांग्रेसले निरन्तर संसद अवरुद्ध गरेर कार्यसूचीमा प्रवेश गर्न नदिएपछि सरकारले संसद अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ।

सहकारी ठगीमा संलग्न भएको भन्दै कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न संसदीय छानबिन समिति गठनको माग गरेको छ। तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई नै केन्द्रमा राखेर कांग्रेसले माग गरेको समिति गठन गर्न नसकिने स्पष्ट पार्दै आएका छन्।

उनले प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएकाले छानबिन समिति गठन नहुने बताएका हुन्।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटमा समेत संसदको गतिरोध अन्त्य, उपनिर्वाचन र समसामयिक विषयमा छलफल भएको थियो।

 

३० चैत्र २०८०, शुक्रबार १४:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस