|  

आज विदेशी मुद्राको विनिमय दर कति छ ?

१ बैशाख २०८१, शनिबार ०७:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको नेपाली विनिमय मूल्य बढेको छ ।

बिहीबारदेखि स्थिर रहेको डलर आज एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसका दरले कारोबार भइरहेको छ ।

त्यस्तै, यूरोको विनिमय मूल्य भने घटेर आज यूरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ । शुक्रबार यूरो एकको खरिद दर १४२ रुपैयाँ ५३ पैसा र बिक्री दर १४३ रुपैयाँ १७ पैसामा कारोबार भएको थियो ।

यसैगरी, बेलायती पाउण्ड एकको १६६ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ । शुक्रबार पाउण्ड एकको खरिद मूल्य १६६ रुपैयाँ ५३ पैसा र बिक्री दर १६७ रुपैयाँ २८ पैसा कायम थियो । त्यस्तै, आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

१ बैशाख २०८१, शनिबार ०७:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस