|  

समय बदलियो, नेतृत्व बदलियो, नीति र कार्यक्रमसमेत बदलियो। अनि देस उज्यालो बन्यो

१० कार्तिक २०७६, आईतवार ११:१२ प्रकाशित
उपेन्द्र जम्कटेल

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


२०७३ साल असोज महिना सम्म देश अन्धकार मय बनेको थियो । जलस्रोतको दोस्रो धनी देस नेपाल भएरपनी दैनिक १८ घन्टा लोडसेडिङको भोग्नु पर्दा नेपाली आजित थिय । लोडसेडिङले गर्दा विभिन्न कलकारखाना लगायत दैनिक जीवन यापन गर्ने मानिसलाइ धेरै सास्ती भोग्नु परेको थियो ।
नेपालमा धेरै सरकार फेरीए तर जनताको मन जित्ने लोडसेडिङ अत्य गर्ने सरकार र प्राधिकरण प्रमुख भने २०७३ साल सम्म नेपाली जनताले पायनन । देशमा एकाएक राजनीतिक खैलाबैला आयो नेपाल संविधान निर्माण सगै कार्यनयन तिर जाँदै थियो । सरकार परिवर्तन भयो । र तत्कालिन नेकपा माओवादी केन्द्र र नेपाली काग्रेस मिलेर सरकार निर्माण भयो । जसमा सरकारको नेतृत्व तत्कालीन माओवादी केन्द्र लियो र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रधानमन्त्री वन्नुभयो ।
सरकार बनेसगै प्रधानमन्त्रीमा धेरै कामको बोझ थियो । संविधान कार्यनयन सगै जनताको आसा अनुसार ,आर्थिक क्रान्ति सगै बिकासको काम गर्नु थियो । प्रधानमन्त्री भयसगै मन्त्रीमण्डल टुंगोमा लागो । जसमा उर्जा मन्त्रालय तत्कालिन माओवादी केन्द्रको भाग अन्तरगत पायो र जनार्दन शर्मालाई मन्त्रालयको जिम्मेवारी दिइयो । जनतालाइ जो सुकै मन्त्री बने पनि यो कुरामा ढुंक थियकी लोडसेडिङ अत्य हुदैन । जनता आजित थिए । सहजरूपमा विद्युत् उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो।
मन्त्री शर्माले आफ्नो काम द्रुत गतिमा बढाय उहाले यति मात्र सोच्नु भयो जनतालाइ कसरी उज्यालो दिने दिनरात नभनी विभिन्न विज्ञ्य प्राधिकरण सग छलफल अगाडी बढाए । जब बुझे तब एज्सन अगाडी बढाउन थाले एक्सन यति खत्रा बढो कसैले कल्पना पनि गर्न सकेन
प्राधिकरण नेतृत्व परिवर्तन प्रमुख जोड रहेको निष्कस निकाले र केही दिनमै प्राधिकरण को कार्यकारि प्रमुख मा कुलमान घिसिङ को आगमन भयो । धेरै ले बिरोध गर्न थाले जो कमिसन दुने र खाने हरु आत्तिएर उफ्रिन थाले तर प्रधानमन्त्री मन्त्री र कार्यकारी प्रमुख अडिग बढिरहे ।
जब नेतृत्व फेरियो अनि वेवेस्ता फेरियो , नियम फेरियो सारा जनताको दुख फेरियो । सधै जनताको काम गर्दै आफ्नो काममा अग्रसर देखिने प्राधिकरण प्रमुख आयपनी जनता भने खासै खुसी थियन किन थिएन भन्दा लोडसेडिङ अत्य गर्न सक्नि होइन जुन जोगि आय पनि कानै चिरेको भन्न पुगेका थिय । एकाएक देशमा तिहार लाग्दै थियो । नेपालमा चाडपर्व लागिरहेको थियो दशै गएर तिहार आको थियो
नेपाली मान्यताअनुसार लक्ष्मीले उज्यालो मन पराउँछिन् तर बत्तीको जोहो गर्ने भनेर जनतालाई यस विषयले सधै सताउथो
नेपाल विद्युत् प्राधिकरणलाई भने कसरी विद्युत् व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताइराको थियो । जब सरकार र प्राधिकरण मिलेर काठमाडौ लाई लोडसेडिङ मुक्त बानायको घोषण गरे विसं २०७३ को लक्ष्मीपूजाको दिनदेखि नै विद्युत्भार कटौतीको अन्त्य भएको घोषणा गरियो। तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफैँ कार्यस्थलमा खटेर लक्ष्मीपूजालाई वास्तवमै उज्यालो बनाएका थिए। सव तरंगित भय कसरी भयो ? खैलाबौला मच्चियो । बिरोधि हरु चोक चोक चियापसल मा हल्ला गर्न थाले यी 1/2 दिन को नाटक हो ।बाहिर बाट किनेर ल्यायको बत्ती हो भन्दै हल्ला गर्न थाले ।तर मन्त्री र प्राधिकरण प्रमुख आफ्नो काम गर्न व्यस्त रहे उहाहरु परिणाम देखाउने तिर अगाडी बढ्न थाले बिरोधी हरु हल्ला गर्दै अगाडि बढ्न थाले ।
तत्कालीन समयमा प्राधिकरणलाई भारतबाट विद्युत् आयात गर्नु बाध्यताजस्तै थियो। आन्तरिक रूपमा पुग्दो विद्युत् नभएका कारण पनि भारतको भर पर्नु परिस्थितिको उपज नै थियो। प्राधिकरणले अनेकन प्रयास गरेर सहजरूपमा उपभोक्तालाई विद्युत् उपलब्ध गराएकै थियो।
अघिल्ला दुई वर्षमा प्राधिकरणले अनेकन उपाय लगाएर भए पनि उपभोक्तालाई विद्युत् उपलब्ध गरायो।
तत्कालिन अवस्थामा विभिन्न ठाउमा भएको अलपत्र आयोजना लाई निर्माण गर्दै चुवावोट रोक्दै कमिशन खादै बिल नतिर्ने सबैलाइ कारवाही गर्दै सरकार र प्राधिकरण अगाडि बढो र अहिलेयसपटक भने प्राधिकरणले आन्तरिक उत्पादन नै प्रयोग गरेर यस पटकको लक्ष्मीपूजाको दिन देशभर नै उज्यालो बनाउने सफल भएको छ। अहिले देस लोडसेडिङ मुक्त बनेको छ ।

१० कार्तिक २०७६, आईतवार ११:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस