|  

राज्यशत्ता सम्म जनताको पहुँच पुग्नु पर्छ – मन्त्री जमकट्टेल

२८ कार्तिक २०७६, बिहीबार १८:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


हेटौँडा,२८ कार्तिक । प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले जनताको राज्यसत्तासम्म पहुँच नपुगिन्जेल देशमा जस्तो परिवर्तन आएपनि असर नहुने बताएका छन् । फ्रिडम फोरमले मकवानपुरको हेटौँडामा आज गरेको पत्रकार सुरक्षा र दण्डहिनता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जमकट्टेलले जनताको राज्यसत्तासँग पहुच नपुगेसम्म देश बलियो हुन नसक्ने दाबी गरे।

राज्यको श्रोतसाधन न्युन आय भएकाहरु, गरिव तथा पिछडिएको वर्गसम्म अझै नपुगेको भन्दै उनले एक मन्त्रीले मात्र परिवर्तन गर्न नसकिने बताए । परिवर्तनको लागि नेपालको सबै संरचनामा नै आमुल परिवर्तन ल्याउनु पर्ने उनको भनाई रहेको थियो । कार्यक्रममा बोल्दै उनले नेपाली पत्रकारिताको विश्वसनियतामा केहि समस्या रहेको भन्दै यस्ता कुरालाई चिर्ने काम पनि पत्रकारिता जगतबाटै हुनुपर्ने बताए । पत्रकारमा भएको कमजोरी पत्रकारले सच्याउनु पर्ने र राज्यले गर्ने कमजोरी राज्यले सच्याउने हो भने देशले लय समात्ने उनले बताए । पत्रकारको सुरक्षामा प्रदेश सरकार निकै गम्भिर भएको समेत उनको भनाई रहेको थियो ।

फ्रिडम फोरमका अध्यक्ष हरिविनोध अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, प्रदेश नंबर ३ प्रहरी प्रमुख ‘डिआईजी’ शेरबहादुर बस्नेत, लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

२८ कार्तिक २०७६, बिहीबार १८:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस