यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
बैशाख २०, काठमाडौँ । नेपालले टी–२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ क्यानले आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
टी–२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल ९कप्तान० आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी–२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।