|  

रास्वपा सचिवालयको बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

२१ बैशाख २०८१, शुक्रबार ०८:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २१, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बस्ने गरी बैठक बोलाइएको छ ।

बैठकमा इलाम–२ को उपनिर्वाचनको समीक्षा गरिने बताइएको छ । वैशाख १५ गते इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो ।
बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाइएको छ ।

२१ बैशाख २०८१, शुक्रबार ०८:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस