|  

मुसलधारे वर्षाका कारण बाँध भत्किँदा ब्राजिलमा ३० भन्दा धेरैको मृत्यु

२१ बैशाख २०८१, शुक्रबार १२:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । कयौँ दिनदेखिको मुसलधारे वर्षाका कारण दक्षिण ब्राजिलमा बिजुली उत्पादनका लागि बनाइएको बाँध भत्किँदा ३० जनाभन्दा धेरैको मृत्यु भएको छ । रियो ग्रान्ड दू सुल राज्यमा ६० जनाभन्दा धेरै बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।

शनिबारयता वर्षाका कारण १५ हजार बासिन्दा विस्थापित भएका छन् । राज्यभर कम्तीमा पनि ५ लाख मानिस बिजुली र खाने पानीको आपूर्ति विहीन भएका छन् । लगातारको मुसलधारे वर्षाका कारण बाढी पसेको क्षेत्रमा बाँध फुटेर पानी छिर्दा झनै धेरै क्षति भएको बताइएको छ । बाँध कोटिपोरा नगरपालिका र बेन्टो गोन्काल्भ्स् शहरको बिचमा रहेको थियो ।

बाढीका कारण अलपत्र परेका मानिसहरूको उद्धारका लागि हेलिकप्टर खटाइएको छ । सो क्षेत्रमा थप वर्षा हुने मौसम विभागले भविष्यवाणी गरेको छ । हालैका दिनमा बाढीका कारण ब्राजिलमा कयौँको ज्यान गएको छ ।

 

२१ बैशाख २०८१, शुक्रबार १२:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस