यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
बैशाख २७, काठमाण्डौँ । सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित भएको छ ।
पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको खबरपछि बिहीबार सबै सुनुवाइ स्थगित भएको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।
सुनुवाइ स्थगित भए पनि प्रशासनिक काम कारबाही भने भइरहेको उनले बताए ।
बिहीबार नै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको आह्वानविरूद्ध अदालतमा रिट दायर गर्न लागेका छन् ।