|  

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम ९० प्रतिशत सम्पन्न

२९ बैशाख २०८१, शनिबार १३:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ ।

यस खण्डअन्तर्गत पूर्वमा बाँके खोलादेखि पश्चिम बागमती नदीसम्म ३० किलोमिटर ट्रयाक निर्माणको काम भइरहेको छ । परियोजनाको जारी पहिलो चरणको कामअन्तर्गत रेल मार्गको ट्रयाकमा बेस हाल्नेसम्मको काम सम्पन्न हुने छ ।

आयोजना ठेक्का लागेको छ वर्षमा मात्र ९० प्रतिशत हाराहारीमा काम सकिएको हो । यस योजनाको आर्थिक वर्ष २०७४९७५ मा ठेक्का लागेको थियो ।

२९ बैशाख २०८१, शनिबार १३:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस