यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकार आफैँ संसद् चल्न नदिने र संसदीय छानविन समिति बन्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा कांग्रेस नेताहरुले संसद्मा भएको अवरोधको जिम्मेवार पनि सरकार नै भएको ठहर गरेको छ ।
बैठकमा नेताहरुले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणको लागि छानविन समिति नबनेसम्म संसद् बैठक चल्न नदिने अडान राखेका थिए । नेपाली कांग्रेसले हिजोको संसद् बैठकमा आफ्नो पार्टीलाई पेल्ने खालको भूमिका निर्वाह गरेको भन्दै सभामुख देवराज घिमिरेको पनि आलोचना गरेको छ ।