|  

गृहमन्त्रीमाथि छानबिन गर्ने संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक:कांग्रेस

३० बैशाख २०८१, आईतवार ११:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक भएको बताएको छ।

आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकपछि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।

छलफलपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा लेखकले प्रधानमन्त्रीसँग नेपाली काँग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन हुनुपर्ने माग राखेको र प्रधानमन्त्री सो विषयमा सकारात्मक भएको बताएका हुन्।

 

३० बैशाख २०८१, आईतवार ११:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस