|  

बागमती प्रदेश सरकारले बनायो सात वर्षमा १८५ कानुन

३० बैशाख २०८१, आईतवार १४:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । प्रदेश सञ्चालनका लागि बागमती प्रदेश सरकार धमाधम कानुन बनाउन जुटेको छ । प्रदेश सरकार गठन भएको करिब सात वर्षको अवधिमा प्रदेश सरकारले हालसम्म ऐन, अध्यादेश, नियमावली, निर्देशिका गरी एक सय ८५ कानुन निर्माण गरिसकेको छ ।

प्रदेश सञ्चालनका लागि कानुन आवश्यकपर्ने भएकाले कानुन निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको हो। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार हालसम्म ६३ ऐन, १४ अध्यादेश, २६ नियमावली, तीन विनियमावली, आठ निर्देशिका, ५५ कार्यविधि, नौ मापदण्ड र सात आदेश जारी भइसकेका छन्।

प्रदेशसभाबाट पारित भई जारी भएकामध्ये १४ ऐन, १३ नियमावली, एक÷एक विनियमावली र निर्देशिका, नौ कार्यविधि, दुई मापदण्ड र सात आदेश संशोधन भइसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मनुका घिमिरेले जानकारी दिए।

३० बैशाख २०८१, आईतवार १४:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस