यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । सुनसहित दुई जना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
गए राति काठमाण्डौ आएका दुई जना भारतीय नागरिकले लगाएको लुगामा सुनजस्तो देखिने पहेँलो रङको धातुको लेपन गरिएको अवस्थामा फेला परेपछि पक्राउ गरेको विमानस्थल सुरक्षा प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी कृष्णहरि शर्माले जानकारी दिनुभयो ।
फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत काठमाण्डौ आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशन पक्राउ परेका एसएसपी शर्माले बताउनुभयो । सुरेशको लुगासहितको सुनजस्तो देखिने पहेँलो रङको धातुको तौल दुई किलो छ सय ग्राम र मोहनकुमारको लुगासहितको तौल दुई किलो पाँच सय ग्राम हुन आएको उहाँले जानकारी दिनुभयो ।