यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । रुसको आवासीय भवनमा आक्रमण हुँदा १५ जना मृत्यु भएको छ । । रुसी समाचार एजेन्सी तासले रुसी आपत्कालीन मन्त्रालयको भनाइलाई उद्धृत जनाएअनुसार आइतबार भएको ‘युक्रेनी आक्रमण’ पछि भवन आंशिक रूपमा क्षतिग्रस्त भएको छ।
बेलगोरोड र यसका उपनगरहरूमा आइतबार युक्रेनी सशस्त्र बलले ठूलो गोलाबारी गरेको थियो। खसालिएको टोच्का–यू सामरिक मिसाइलका टुक्राहरूले आवासीय भवनलाई क्षति पुर्याउँदा भवनको एउटा भाग ढलेको स्रोतको भनाइ उद्धृत गर्दै समाचारमा जनाइएको छ।
भवनमा खोजी र उद्धार कार्य सम्पन्न भएको रुसी आपत्कालीन मन्त्रालयका प्रवक्ताले बताए। उनका अनुसार १७ जनाको भग्नावशेषबाट उद्धार गरिएको थियो भने भग्नावशेषमुनिबाट १५ जनाको शव निकालिएको थियो।