|  

रुस–युक्रेन युद्धमा करिब २ हजार बालबालिकाको मृत्यु

२ जेष्ठ २०८१, बुधबार ११:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । सन् २०२२ को फेब्रुअरीदेखि रुस–युक्रेन युद्धमा करिब २ हजार बालबालिकाको मृत्यु भएको युनिसेफले जनाएको छ ।

युनिसेफका अनुसार रुस–युक्रेन युद्धमा हरेक दिन औसत दुई बालबालिका हिंसाको सिकार भएका छन् । युक्रेनका धेरै भागहरूमा अझै पनि आक्रमणहरू जारी छन्, जसले बालबालिकाको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पारिरहेको छ ।

युरोप र मध्य एसियाका लागि युनिसेफको क्षेत्रीय कार्यालयले युक्रेन युद्धमा अहिलेसम्म १ हजार ९९३ जना बालबालिकाको मृत्यु भएको जानकारी दिएको हो ।

२ जेष्ठ २०८१, बुधबार ११:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस