|  

सभामुखले संसद्‌का सबै समिति सभापतिसँग छलफल गर्दै

९ जेष्ठ २०८१, बुधबार १२:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ ९, काठमाडौँ । सभामुख देवराज घिमिरेले सबै संसदीय समितिका सभापतिहरूलाई छलफलका लागि बोलाएका छन् ।

बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित कानून समितिको हलमा छलफल गर्नेगरी सभामुख घिमिरेले सबै सभापतिहरूलाई बोलाएका हुन् ।

सभामुख र सभापतिहरूसँग संसदीय गतिरोध, बजेटलगायतका विषयमा छलफल हुनेछ ।

संसद् बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गर्दै आएको छ । उसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बन्नुपर्ने अडान राख्दै आएको छ ।

९ जेष्ठ २०८१, बुधबार १२:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस