|  

धादिङ कृषि प्रर्यटन तथा व्यापार मेलाको उद्घाटन गर्न पुर्व मन्त्री थापा आउने

११ मंसिर २०७६, बुधबार १९:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


यहि मंसिर १३ गते शुक्रबार बाट शुरु हुने धादिङ कृषि पर्यटन तथा ब्यापार मेलाको उद्घाटन पूर्व स्वास्थ्य मन्त्री एंव संघिय सांसाद गगन थापाले गर्नुहुने भएको छ ।
मेलाको आयोजना शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्थाले गर्न लागेको हो । प्रखर बक्ता र चिन्तकको रूपमा चिनिएका थापा मेलामा आउनुहुने कार्यक्रम तय भएपछि मेलाको रौनक नै बदलिएको बताइन्छ ।

आयोजक संस्था शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्थाकी अध्यक्ष कल्पना अधिकारीले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानाकारी दिनुभयो। मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सङगै स्थानीय स्रोत र साधन कृषि प्रर्दशनि हुनेछ ।

महिलाको नेतृत्वमा संचालित सहकारी संस्थाले मेलाको आयोजना गर्न लागेको हुनाले पनि यो मेलाको चौतर्फी बहस र चर्चा भैरहेको छ।

११ मंसिर २०७६, बुधबार १९:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस