|  

उपभोक्ता समितिलाई अभिमुखिकरण गदै गजुरि गाउँपालिका

१६ मंसिर २०७६, सोमबार १८:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँपालिकाले आ.व.२०७६/ ७७ मा उपभोक्ता समितिबाट गरिने कामका लागि उपभोक्ता समिति गठन गरेको छ । उपभोक्ता समिति गठन भएलगत्तै उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष पदाधिकारी हरूलाई उनीहरूको काम कर्तव्य तथा जिम्मेवारीको बारेमा पढाइएको छ ।
उपभोक्ता समितिका पदाधिकारीलाई योजना सम्भौक्ता गर्दा आवश्यक पर्ने कागजात, बैंक खाता सञ्चालन तथा चेक प्रयोग, खर्चको बिल भरपाई राख्ने तरिका, स्टिमेट र सोअनुसारको कार्य सम्पादन, सामाजिक लेखा परीक्षण र भुक्तानी लिने तरिकाको विषयमा पढाको प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले बताउनु भएको छ।
हिजो आइतबार भएको उपभोक्ता समितिका पदाधिकारीका लागि योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरणमा वडा नं। ७ र ८ का उपभोक्ता पदाधिकारीले योजना कार्यान्वयनमा पारदर्शिता र योजनाको दिगोपनामा ध्यान दिन गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताउनु भएको छ।
योजनाको स्टिमेटअनुसार काम गर्ने स्टिमेट परिर्वतन गर्नुपर्ने गाउँपालिकाबाट पूर्वस्वीकृत लिनुपर्ने र पदाधिकारी मात्रै होइन उपभोक्ता समितिका सदस्यलाई पनि साथमा लिएका काम गर्न पदाधिकारीलाई सुझाव दिनुभएको छ। साना साना योजना निमार्णबाट नै सुखी गजुरीवासी समृद्ध गजुरी गाउँपालिका  हुने भएकाले उपभोक्ता समितिका सबै पदाधिकारी तथा सदस्य समृद्ध गजुरी निर्माण गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने अध्यक्ष बस्नेतले बताउनुभएको छ।

१६ मंसिर २०७६, सोमबार १८:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस