|  

टीओआर बनाउन गठित कार्यदलको बैठक आज पनि बस्दै

११ जेष्ठ २०८१, शुक्रबार ०७:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ ११, काठमाडौं । सहकारीको रकम अपचलन गरेको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान साढे ८ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा गतिरोध अन्त्य गर्नेबारे छलफल हुने बताइएको छ । बैठकमा सत्ता पक्षबाट कांग्रेसले माग गरेको विषयहरुमा एउटा मस्यौदाको ड्राफ्ट प्रस्तुत गर्ने र त्यसमा कांग्रेसले सहमति जनाए कार्यादेश टुंगो लाग्ने बताइएको छ ।

यदी सहमति जुट्न नसके कार्यादेश टुंगो लाग्ने छैन । कार्यदलमा सरकारको तर्फबाट कानूनमन्त्री पदम गिरी र नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।

११ जेष्ठ २०८१, शुक्रबार ०७:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस