|  

बजारमा विषादीयुक्त आँप छ्यापछ्याप्ती, स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिम !

११ जेष्ठ २०८१, शुक्रबार ०८:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फलको राजा मानिने आाप प्राकृतिक रुपमै पाक्न अझै केही दिन कुर्नुपर्छ । तर बजारमा कार्वाइड हालेर पकाइएको आाप छ्यापछ्याप्ती पाइन्छ । विषादीयुक्त आापले स्वास्थ्यमा गम्भीर असर गरे पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।

सिपिया, बम्बईलगायतका प्रजातिका आाप फाटफुटरुपमा पाक्न थाले पनि मालदह, कलकतिया, किसन भोगलगायतका आाप पाक्ने बेला भएको छैन । तर पनि बजारमा धेरै किसिमका आाप छ्यापछ्याप्ती पाउन थालेको छ । पाक्ने समयभन्दा पहिले नै आापको मूल्य बढि पाइने भएकाले व्यापारीले कााचो आापलाई कार्वाइड हालेर बजारमा बेच्ने गरेका छन् ।

बजारमा पाइने यस्ता आाप हेर्दा पाकेको देखिए पनि स्वाद भने अमिलो नै हुन्छ । यस्ता आाप खाादा स्वास्थ्यमा नकारात्मक असर पर्ने चिकित्सक बताउाछन् ।

जनकपुरधामलगायतका बजारमा पाइने नयाा किसिमका यी आाप धेरैजसो भारतबाट आयात गरिएको हो । नेपालकै किसानले लगाएका आापमा पनि व्यापारीले अखाद्य तत्ल मिसाएर बिक्री गर्ने गरेको पाइन्छ । बजारमा यस्ता आाप एक महिनादेखि बिक्री भइरहे पनि सरोकारवाला निकाय गम्भीर हुन सकेका छैनन् । बजार अनुगमनको जिम्मेवारी पाएका जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मुकदर्शक बन्दा आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड भइरहेको छ ।

११ जेष्ठ २०८१, शुक्रबार ०८:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस