|  

सहकारीपीडित आजदेखि फेरि आन्दोलनमा, के-के छन् मागहरु ?

११ जेष्ठ २०८१, शुक्रबार ०८:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ ११, काठमाडौँ । सहकारी पीडित बचतकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गर्न लागेका छन् ।

यसअघि सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन गर्न लागेका हुन् ।

महासंघका अध्यक्ष कुशलव केसीले आज ११ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु गरिने जानकारी दिएका छन् । अध्यक्ष केसीले भने, ‘माइतीघर मण्डलाबाट हामी आन्दोलन सुरु गर्छौं। र्‍याली गर्छौं। र्‍यालीपछि कोणसभा गरेर हामी रिले अनशन सुरु गछौं’ ।

अध्यक्ष केसी यसअघि पनि झण्डै तीन हप्ता आमरण अनशनमा बसेपछि स्वास्थ्य अवस्था नाजुक भइरहेका बेला सरकारले सम्झौता गरेको थियो ।
सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभरि सशक्त रुपमा अगाडि बढ्ने उनले बताए । नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुने अध्यक्ष केसीले जानकारी दिए ।

११ जेष्ठ २०८१, शुक्रबार ०८:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस