यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३५ हजार ८५७ पुगेको छ ।
गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा इजरायली सेनाले ५७ प्यालेस्टाइनीको ज्यान लिएको छ । ९३ जना घाइते भएका छन् ।
अक्टोबर २०२३ मा प्यालेस्टाइन–इजरायली संघर्ष सुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३५ हजार ८५७ पुगेको छ । ८० हजार २९३ जना घाइते भएका छन् ।