|  

गजुरि बजारमा भित्री ढल नाला व्यवस्थापन तीब्र गतिमा

१६ मंसिर २०७६, सोमबार १८:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङको गजुरी गाउँपालिकाले बिकासलाई तिब्रता दिँदै काम गरिरहेको छ । यसै क्रममा वडा नं.१ को आदर्श माध्यमिक बिद्यालयको खेलकुद ग्राउण्ड निर्माण कार्यका लागी पनि काम भईरहेको छ । यसका साथै गजुरी बजारका भित्रि सडकहरूको ढल तथा नाला व्यवस्थापन कार्य पनि तिब्र गतिमा भइरहेको वडा अध्यक्ष राजकुमार पण्डितले जानकारी दिनुभएको छ । उक्त कामहरु के कति भइरहेको छ,भनेर अनुगमन    कार्यमा पनि बिशेष जाेड दिएको गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले जानकारी दिनुभयो ।  साथै नमुना  वडा निर्माण मा रहेको वडा अध्यक्ष पण्डितले बताउनु भएको छ।  

१६ मंसिर २०७६, सोमबार १८:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस