|  

‘व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ’

१३ जेष्ठ २०८१, आईतवार ११:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ १३, काठमाडौँ । सहकारीको रकम अपचलन छानविन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यक्षेत्रबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफल विना निष्कर्ष सकिएको छ ।

सभापति देउवा निवास बुढानीलकण्ठमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवासहित कांग्रेस नेताहरूबीच आइतबार भएको छलफल पनि विना निष्कर्ष सकिएको कांग्रेस नेता जीवन परियारले जानकारी दिए । देउवासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधान र संसद्को गत्यवरोध अन्त्य गर्न विकल्पहरूबारे सोच्न कांग्रेसलाई आग्रह गरेका थिए ।

देउवासँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधान गर्न गोरखा मिडिया नेटवर्कको नाम उल्लेख गरेपछि व्यक्तिको नाम राखिरहन आवश्यक नभएको बताएका थिए । तर प्रधानमन्त्रीको उक्त प्रस्तावलाई कांग्रेसले अस्वीकार गरेको नेता परियारले जनाएका छन् ।

१३ जेष्ठ २०८१, आईतवार ११:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस