|  

बजेट भाषण : आगामी १० वर्षलाई कृषिमा लगानी दशकको घोषणा गरिने

१५ जेष्ठ २०८१, मंगलवार १५:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ १५, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी १० वर्षलाई कृषिमा लगानी वर्ष घोषणा गरेका छन् ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी १० वर्षलाई कृषिमा लगानी बर्ष घोषणा गरेका हुन् ।

उनले सरकारी र निजी जग्गालाई स्थानीय तहमा सूचीबद्ध गरेर खेतीयोग्य जमिन बनाउने घोषणा गरेका छन् ।

कृषि बालीको विकासका लागि उन्नत बिउको वितरण गर्ने कार्यक्रम ल्याएको बताउँदै प्रधानमन्त्री कृषि आधुनिकरणका लागि २ अर्ब ९८ करोड बजेट बिनियोजन गरेको बताएका छन् ।

 

१५ जेष्ठ २०८१, मंगलवार १५:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस