|  

औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने सरकारकोे घोषणा

१५ जेष्ठ २०८१, मंगलवार १६:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ १५, काठमाडौँ । सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए ।

‘औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ, उनले भने ।

१५ जेष्ठ २०८१, मंगलवार १६:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस