यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत हिजो बुधबार गजुरी गाउँपालिका वडा नम्बर ४को पिण्डेश्वारि माद्यामिक विद्यालय गैरीगाउँ मा “समानताको पुस्ता बलत्कार विरुद्ध ऐक्यबद्दता”भन्ने मुल नारा का साथ सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि,बाल समुह ,सञ्जाल का बालबालिका तथा अन्यसरोकारवालाहरूको माझमा भएको कार्यक्रममा लैंगिक हिंसा भनेको के हो ? कसरी महिलाहरु हिंसामा पर्ने गरेका छन र यसको अन्त्यका लागी के गर्न सकिन्छ भन्न कुरा विद्यार्थी शिक्षक अभिभावकहरु लाई जानकारी गराएको गाउँपालिका उपाध्यक्ष सिता ढुङगानाले बताउनु भएको थियो ।
किशोरीहरु लाई महिला हिँसा, हिँसाबाट बच्ने उपाय, हिँस हुन नदिने उपाय लगायतका बिबिध पक्षमा रहेर छलफल गरिएको थियोे । कार्यक्रममा गजुरि गाउँपालिका उपाध्यक्ष सीता ढुङ्गाना,सामाजिक विकास शाखा संयाेजक शाेभा चेपाङ ,सहयात्री समाज नेपाल धादिङको निर्देशक तथा अधिवक्ता राधिका सापकोटा , केयर नेपालकि बिमला पुरी , पत्रकार महासंघ धादिङ अध्यक्ष नबराज छत्कुल्लि लगाएतको सहभागीता रहेको थियोे ।