|  

गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित

१६ जेष्ठ २०८१, बुधबार १२:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ १६, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिट निवेदन आज सुनुवाइ नहुने भएको छ ।

महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत विपक्षी बनाइएको रिट सुनुवाइ गर्न आज सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको थियो । निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ नहुने भएको हो ।

१६ जेष्ठ २०८१, बुधबार १२:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस