|  

२३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

१७ जेष्ठ २०८१, बिहीबार ११:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ १७, काठमाण्डौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन पनि २३ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै,आज चाँदीको भाउ भने ३० रुपैयाँले घटेर तोलामा १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

१७ जेष्ठ २०८१, बिहीबार ११:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस