|  

शेयर बजार ३.९७ अंकको गिरावट, ४ अर्बको कारोबार

२१ जेष्ठ २०८१, सोमबार १६:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ २१, काठमाडौँ । आज नेप्से सूचकमा दोस्रो दिन झन्डै ४ अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३.९७ अंकले घट्दै २ हजार ७९.०७ अंकमा झरेको हो ।

नेप्से सूचक घटेसँगै आज कारोबार समेत घटेको छ । नेप्सेका अनुसार आज ४ अर्ब ४० लाख ७० हजार रुपैयाँ बराबरको ८८ लाख २० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । अघिल्लो दिन १३ अंकमाथिले नेप्से बढेको बजारमा ४ अर्ब ३१ करोड १० लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

२४७ कम्पनीको सेयर कारोबार भएकोमा आज ११० कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ कम्पनीको मूल्य घटेको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज माइक्रो फाइनान्स समूहको उपसूचक बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।

२१ जेष्ठ २०८१, सोमबार १६:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस