|  

‘गण्डकीमा महत्वपूर्ण र ऐतिहासिक योजना कार्यान्वयन हुँदैछ’ : प्रधानमन्त्री दाहाल

२३ जेष्ठ २०८१, बुधबार १४:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ २३, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बजेटका अधिकांश प्रावधानहरू सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्वपूर्ण र ऐतिहासिक योजना कार्यन्वयन गर्न लागिएको दावी गरेका छन् ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको पार्टी प्रशिक्षणमा पार्टी अध्यक्ष प्रचण्डले प्रदेशका विकासमा महत्वपूर्ण फड्को हान्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट निर्माण भएको बताए । उनले आव २०८१र८२ को बजेटले कृषिको रूपान्तरण, ऊर्जाको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलता र औद्योगिक विकासलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिए ।

२३ जेष्ठ २०८१, बुधबार १४:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस