|  

सिविसको आयोजनामा चिउरिखर्कमा लैङ्गिक हिंसा विरुद्धको १६ दिनेे अभियानमा कार्यक्रम सम्पन्न

२२ मंसिर २०७६, आईतवार २१:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरि गाउँपालिका वडा नं.४ चिउरीखर्क धादिङ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यस वर्षको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान(25 Nov देखि 10 Dec 2019)को राष्ट्रिय नारा “समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यवद्धता”यसै सन्दर्भमा अाज अाइतबार सिविसले पनि गजुरी गाउँपालिका को समन्वयमा गजुरी गा पा ४ चिउरीखर्कमा लैङ्िगक हिंसा न्यूनिकरण र सरोकारवालाहरुको भुमिका सम्बन्धि अभिमुखिकरण कार्यक्रम गजुरी गा.पा.वडा नं.४ का वडा अध्यक्ष सुरेन्द्र प्रजा को प्रमुख आतिथ्यतामा तथा वडा सदस्यहरु,वडा सचिब, रिफ्लेक्ट सहभागी, अविभावक, बाल समूह, महिला ,पुरुष, युवायुवतीहरु गरि 35 जनाको उपस्थितिमा सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला संयोजक सन्तोष सत्याल ले लैङ्िगक हिम्सा के हो? लैङ्िगक समता र समानता साथै सामाजिक समावेशीकरणका बारेमा प्रष्ट पार्नु भएको थियोे। वडा सचिब जमुना सुबेदिले लैङ्िगक हिम्सा न्यूनीकरण गर्न सबै सरोकारवालाहरुको उत्तिकै भुमिका रहन्छ र हिम्सा भएमा लिखित रूपमा न्यायका लागि उजुरी गर्न सबैलाई जान्कारी गराउनु भयो। त्यस्तै वडा अध्यक्ष प्रजाले कोहि कसैले हिम्सा नसहन र हिम्सा भैहालेमा उजुरी गरेमा सम्बधित निकाय सम्म पुर्याउन र न्याय दिलाउन वडा कार्यालय सदैव तयार रहेको बताउनु भयो। कार्यक्रम सिविस का सामुदायिक सहजकर्ता शर्मिला नेपालले सन्चालन गर्नु भएको थियो ।

यसै गरि वडा नं.४ कै गैरिगाउ र वडा नं. ५ को राइगाउमा पनि लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा अभिमुखिकरण कार्यक्रम सन्चालन भएको नेपालले जानकारी गराउनु भयो।

२२ मंसिर २०७६, आईतवार २१:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस