|  

गजुरी गाउँपालिकाद्वारा बहुप्राविधिक शिक्षालयमा पढ्ने १५ जना बिद्यार्थीहरुको बार्षिक भर्ना शुल्क प्रदान

२६ जेष्ठ २०८१, शनिबार १२:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । गजुरी गाउँपालिकाले धादिङ बहुप्राविधिक शिक्षालयमा अध्ययन गर्ने १५ जना बिद्यार्थीहरुको बार्षिक भर्ना शुल्कप्रदान गरिएको छ ।
धादिङ पोलिटेक्निक स्कूलमा अध्यनरत १५ जना पशु बिज्ञान र वाली बिज्ञानका विद्यार्थीहरूको वार्षिक भर्ना शुल्क अभिभावकको उपस्थितिमा शिक्षालयका प्रमुख रविराज भण्डारीलाई चेक हस्तान्तरण गरिएको गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।


गजुरी गाउँपालिकाले धादिङ पोलिटेक्निकमा अध्ययन गर्ने सबै बिद्यार्थीहरुको भर्ना शुल्क दिँदै आएको छ । गजुरी गाउँपालिकाबाट भर्ना भएका सबै बिद्यार्थीहरुले यो सुबिधा पाउने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

चेक हस्तान्तरण कार्यक्रममा गजुरी गापा अध्यक्ष गणेश लाल श्रेष्ठ, वडा अध्यक्ष १,५,७ र ८ का तारानाथ भण्डारी, गोविन्द लामिछाने, बद्री प्रसाद जम्कटेल, देवराज ओझा र स्रोत शिक्षक सुजन भण्डारी लगायतको सहभागीता रहेको थियो ।

 

२६ जेष्ठ २०८१, शनिबार १२:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस