|  

बंगलादेश सरकारले नेपालबाट ९ रुपैयाँ युनिटमा विद्युत् किन्ने

३१ जेष्ठ २०८१, बिहीबार ०७:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ ३१, काठमाडौँ । बंगलादेश सरकारले नेपालबाट आयात गर्ने विद्युत्को मूल्य स्वीकृत गरेको छ । बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति सीसीजीपीले नेपालबाट आयात गरिने ४० मेगावाट विद्युत्को मूल्य स्वीकृत गरेको हो ।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको बैठकले विद्युत्को मूल्यलाई अनुमोदन गरेको हो ।

३१ जेष्ठ २०८१, बिहीबार ०७:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस